देश विदेश

यति सुन्दर बस ड्राइभर !

शेयर गर्नुहोस्

काठमाडौं। इङल्याण्डकी २४ वर्षकी एक महिला व्यवसायिक बस ड्राइभर हुन् । तर, आफ्नो सुन्दरताका कारण सामाजिक संजालमा निकै लोकप्रिय छिन् । जोडी फक्स नामकी यी महिलाका अनुसार बस चलाउनु उनको सपना हो र जब उनले टिकटकमा आफ्नो बस जीवन सेयर गरिन् त्यसपछि उनका फलोअरको संख्या निकै बढेको छ । एसेक्सकी जोडीका अनुसार उनलाई मानिसहरुले निकै तारिफ गर्छन् ।

जोडीका अनुसार उनले जब अघिल्लो काम छोडेकी थिइन् त्यसपछि उनलाई महसुस भयो कि उनलाई बस चलाउन निकै मन पर्छ । उनी सधैं बसमा ड्राइभरको छेउको सिटमा बस्थिन् र उनलाई बस चलाउन पनि निकै राम्रो लाग्थ्यो । बस चलाउनु उनको लागि सपना जस्तै हो । यद्यपि बस ड्राइभर बन्न उनले कैयौं परीक्षा दिनु परेको थियो । उनका अनुसार मानिसहरुलाई जति सजिलो लाग्छ यो त्यति सजिलो छैन ।

मिररको रिपोर्टअनुसार जोडीले २१ वर्षकी हुँदा बसको पछाडि विज्ञापन टाँसिएको देखेकी थिइन् त्यसपछि उनले ड्राइभरको जागिरको लागि आवेदन दिएकी थिइन् । उनी आफूले यो काम गरेर ड्राइभरको छवि बदल्न चाहन्छिन् । ड्राइभर पेसामा निकै कम महिला भएकोले ग्यारेजमा पनि आफ्ना निकै कम साथीहरु भएको उनी बताउँछिन् । जोडीलाई आफ्नो काम निकै मन पर्छ र उनलाई लाग्छ कि ४० वर्षपछि उनले बस ड्राइभरको रुपमै अवकाश लिनेछिन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *