देश विदेश

नेपालमा नै मल कारखाना स्थापना प्रक्रिया अघि बढेको छ : मन्त्री अर्याल

शेयर गर्नुहोस्

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार अघि बढेको बताएकी छन्। बिहिबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री अर्यालले किसानलाई मलको समस्या नहोस् भनेर मन्त्रालयले दिर्घकालीन योजना बनाइरहेको बताएकी हुन्।

धान बालीमा आवश्यक पर्ने मलका लागि अहिले नै सरकारका तर्फबाट प्रक्रिया शुरु भएको बताउँदै उनले किसानको यो समस्या दीर्घकालीन रुपमा समाधान गर्न नेपालमा नै मल कारखाना स्थापनाका लागि छलफल भइरहेको बताइन्। आगामी मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल हुने उनको भनाई छ।

यस्तै अर्को विषयमा बोल्दै मन्त्री अर्यालले निर्वाचनको प्रक्रिया शुरु भएपछि राजनैतिक दल दर्ता प्रकिया र चिह्न हस्तान्तरण प्रक्रियासँगै आधिकारिकताको विषयको विवाद टुङ्गिने बताइन्।

 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *