देश विदेश

२४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु, संक्रमितको संख्या कति ?

शेयर गर्नुहोस्

फागुन ६, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालमा गरिएको पिसिआर परिक्षणमा ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालमा कोरोना भाइरसका संक्रमित दुई लाख ७३ हजार १६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै थप १११ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६९ हजार ५ सय ५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन् । कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५८ रहेको मन्त्रालयले जनाएको छन् ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *