देश विदेश

अमेरिकी अन्तरिक्ष यान मङ्गल ग्रहमा शुक्रवार अवतरण हुने

शेयर गर्नुहोस्

बीबीसी । अमेरिकी पर्सिभिअरन्सको अन्तरिक्ष वाहन नेपाली समयानुसार शुक्रवार बिहान २ः४० बजे मङ्गल ग्रहको सतहमा अवतरण गर्दैछ। छवटा पाङ्ग्रा भएको उक्त रोबट सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहनजिक पुगेको हो।

अब यो मिशनको सबैभन्दा कठिन चुनौती भनेको मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नु हो। पर्सिभिअरन्स सफल भएमा यसले सो ग्रहमा पहिले जीवन भएरनभएको अध्ययन गर्ने अभूतपूर्व अवसर प्राप्त गर्नेछ।

सो रोबट जेजेरो क्रेटर भनिने पहिले पानीको ठूलो ताल भएको अनुमान गरिएको स्थानमा ओर्लिने प्रयासमा छ। वैज्ञानिकहरूले त्यहाँ कुनै बेला धेरै पानी रहेको र सम्भवतः पानीमा कुनै प्रकारको जीव रहेको अनुमान गरेका छन्।

मङ्गल ग्रहको पातलो वायुमण्डलमा प्रवेश गर्दा पर्सिभिअरन्सको गति २०,००० किलोमिटर प्रतिघण्टा हुनेछ। वायुमण्डलमा प्रवेश गरेको सात मिनेटमा यो गति हिँडाइको गतिमा झरेर यसले अवतरण गर्नुपर्नेछ।

अहिलेसम्म मङ्गल ग्रहमा १४ मिशनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन्। ती सबै अमेरिकी अभियान हुन्। अमेरिकी प्रयास एक पटक मात्रै सन् १९९९ मा विफल भएको छ।

पर्सिभिअरन्स अवतरण समय (नेपाली समय, शुक्रवार बिहान)ः

वायुमण्डलमा प्रवेशः २ः३३ बजे
प्याराशूटः २ः३७ बजे
पाङ्ग्रा बस्नेः २ः४० बजे


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *