देश विदेश

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

शेयर गर्नुहोस्

काठमाडौं । प्रहरीले १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ललितपुरको महाङ्कालबाट एक जनालाई पक्राउ गरेको छ । स्थानीय नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गर्दै आएका पर्सा पोखरियाका २१ वर्षीय राजकुमार ठाकुरलाई आज पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ठाकुरमाथि बुधबार विद्यालय पछाडिको जङ्गलमा लगेर बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ । उक्त घटनामा थप अनुसन्धान भइरहेको जनाइएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *