देश विदेश

ज्यान मुद्दाका अभियुक्त पक्राउ

शेयर गर्नुहोस्

फागुन ६, चितवन। जिल्ला प्रहरी कार्यालयले कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–८ घर भई भरतपुर महानगरपालिका–९ भाडामा बस्ने ३५ वर्षीया शोभा विक छन् ।

उनलाई प्रहरीले यही फागुन २ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो । कार्यालयले यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विकलाई सार्वजनिक गरेको हो । विकले विसं २०७७ असोज ७ गते भरतपुर–९ शरदपुर बस्ने ७४ वर्षीय बाबाहजुर थापाको हत्या गरेको प्रहरीले जनाएको छ ।

विकले थापाको हत्या तथा लुटपाटका क्रममा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो । घटनास्थलबाट मोबाइल, गरगहनासमेत लुटेर लगेको विकले स्वीकारेको प्रहरीले जनाएको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *