देश विदेश

रुपन्देहीमा स्कुल बसको ठक्करबाट एकको मृत्यु

शेयर गर्नुहोस्

रुपन्देहीको तिलोत्तमामा स्कुल बसको ठक्करबाट आज एक जना पैदल यात्रीको मृत्यु भएको छ । एक जना घाइते छन । मणिग्रामको शान्ती नमुना माविको लु १ क ८२४ नम्बरको बसले तिलोत्तमा ११ कुमारी चोकमा सडकमा हिडीरहेका दुइ जनालाइ ठक्कर दिएको थियो ।

बसको ठक्करबाट कुमारी चोककै ३४ बर्षीया सुमन खौसियाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का स्थानीय आरती थापा घाइते भएकी छन । थापाको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको छ । बस र चालक प्रहरी नियन्त्रणमा छन । विपरित दिशाबाट आइरहेको ट्रकले झुक्याउदा दुर्घटना हुन पुगेको दावी चालकले गरेपनि प्रहरीले अनुशन्धान भइरहेको जनाएको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *