देश विदेश

सार्वजनिक नहुँदै सच्याइयो सचिव सरुवा निर्णय

शेयर गर्नुहोस्

सरकारले साार्वजनिक नगर्दै सचिव सरुवाको निर्णय सच्च्याएको छ । अघिल्लो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डेढ दर्जनभन्दा बढी सचिवहरूको सरुवा एकैपटक गरेको थियो । तर औपचारिक रूपमा निर्णय सार्वजनिक नगर्दै सरकारले करिब आधा दर्जन सचिवहरूको सरुवा निर्णय सच्चाएको छ ।

शिक्षा मन्त्रालयबाट सरुवा गरिएका गोपी मैनालीको सरुवा सच्च्याएको छ । उनलाई यसअघि सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरूवा गर्ने निर्णय गरिएको थियो ।मैनाली निकट स्रोतका अनुसार, सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरूवा गरेको थाहा पाएपछि उनले असन्तुष्टि जनाएका थिए । यसपछि उनको सरुवा सच्च्याइएको स्रोतको भनाइ छ । उनलाई उपराष्ट्रपति कार्यालयमा लगिएको छ ।

उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको चिठी मैनालीले बुझिसकेको स्रोतको भनाइ छ । मैनालीनिकट एक कर्मचारीका अनुसार सरकारले निर्णय नसच्च्याएको भए उनले राजिनामा गर्ने सोच समेत बनाएका थिए । दुई वर्षको अवधिमा उनको ८ पटक सरुवा भएको छ । पछिल्लो एक वर्षममा उनलाई ४ पटक सरुवा गरिएको छ । शिक्षा मन्त्रालयमा सरुवा गर्नुअघि उनलाई महालेखा नियन्त्रककको कार्यालयमा सरूवा गरिएको थियो । महालेखा अघि उनी भूमि व्यवस्था मन्त्रालयमा कार्यरत थिए । सार्वजनिक खरिद अनुगमन कार्यालयमा सचिव सकेसम्म जान चाहन्नन् ।

यसैगरी टेकनारायण पाण्डेको पनि सरुवा निर्णय सच्च्याइएको छ । यसअघि उनलाई भूमि व्यवस्था मन्त्रालयबाट युवा मन्त्रालयमा सरुवा गरिएको थियो । भूमि व्यवस्था मन्त्रालय स्रोतको अनुसार भूमि व्यवस्था मन्त्री शिवमाया तुम्वाहाम्फेले नै पाण्डेको सरूवा चाहेकी थिइनन् । मन्त्रीनिकट स्रोतका अनुसार पाण्डेले राम्रो काम गरेको मन्त्रीको बुझाइ छ । पाण्डेलाई हाल भूमि व्यवस्था मन्त्तत्रालयमा यथावत राखिएको छ ।

सरकारले निर्वाचन आयोगकी सचिव देवकुमारी गुरागाईंको सरूवा पनि सच्च्याएको छ । गुरागाईंलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा लगिएको छ । यसअघि उनलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय सरकारले गरेको थियो । यसैगरी सरकारले बेगेन्द्रराज शर्मा पौडेलको सरुवा पनि सच्च्याएको छ । उनलाई वित्त आयोगमा यथावत राख्ने निाणर््य गरेको छ । यसअघि उनलाई वित्त आयोगबाट भूमि व्यवस्था मन्त्रालयमा सरुवा गर्ने निर्णय सरकारले गरेको थियो ।

सरकारले प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराइलाई उद्योग मन्त्रालयमा ल्याएको छ । यसैगरी लोक सेवा आयोगका सचिव अर्जुन पोखरेलाई वाणिज्यमा ल्याएको छ । अघिल्लो साता डेढ दर्जन भ्रन्दा बढी सचिवको सरुवा गर्दा सरकारले गृहमन्त्रालय र संघीय मन्त्रालय भने चलाएन । गृहमा जान सचिवहरूको पहिलो रोजाइ हुने गर्छ । यसअघि गृहमा संघीय मन्त्रालयका सचिव एकनारायण अर्यालय या श्रम मन्त्रालयका सचिव तोयाम रायलाई लैजाने चर्चा थियो । तर सरकारले गृह र संघीय मन्त्रालय महेश्वर न्यौपाने र अर्याललाई यथावत राख्ने निर्णय सरकारले गरेको छ । आगामी निर्वाचनलाई लक्षित गरेर सरकारले एकैपटक ठूलो संख्यामा सचिवको सरुवा गरेको हो । निर्वाचन आचार संहिता लागु हुनुअघि नै सरकारले सचिवहरूको सरुवा गरेको हो ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *