देश विदेश

जोकोभिचद्वारा सेरेनाको प्रशंसा

शेयर गर्नुहोस्

२४औं ग्रान्ड स्लाम बराबरी गर्ने लक्ष्यमा असफल अमेरिकी स्टार सेरेना विलियम्सलाई बिहीबार नोभाक जोकोभिचले ऐतिहासकै महान् खेलाडीको रूपमा प्रशंसा गरेका छन्। अस्ट्रेलियन ओपनको सेमिफाइनलमा जापानका नाओमी ओसाकासँग बिहीबार पराजित हुँदै बाहिरिएपछि सेरेनाको कीर्तिमानी ग्रान्ड स्लाम यात्रा एक पटक फेरि प्रभावित भएको थियो। यससँगै सन् २०१७ मा नै २३औं ग्रान्ड स्लाम जितेकी सेरेनाले त्यसयता कीर्तिमान बराबरी गर्न असफल रहँदै आएका छन्।

ओसाकाले सेमिफाइनलमा सेरेनालाई ६–३ र ६–४ ले सहजै पराजित गरिन्। वर्षको पहिलो ग्रान्ड स्लाममा ओसाकासँग स्तब्ध भए पनि जोकोभिचले सेरेनाका उपलब्धिहरू ठूलो तस्बिर बनाएर हेर्ने किसिमका भएको बताएका हुन्। ३९ वर्षे सेरेना अस्ट्रेलियाकी मार्गरेट कोर्टको सर्वाधिक २४ ग्रान्ड स्लामभन्दा एकले पछि छिन्।

‘सेरेनाप्रति मेरो धेरै नै सहानुभूति छ, जुन तवरले उनी पछिल्लो समय गुज्रिरहेकी छन्,’ जोकोभिचले, भने ‘उनी अद्भुत किसिमकी च्याम्पियन हुन्, जो महिला र पुरुष दुवैका लागि प्रेरणाको स्रोत बनेकी छन्।’ ओसाकासँग स्तब्ध भएपश्चात् प्रेस कन्फ्रेरेन्समा के उनी अन्तिम अस्ट्रेलियन ओपन खेल्दै थिइन् ? भन्ने प्रश्न गरेसँगै सेरेना निकै भावुक भइन्। राफाइल नाडाल र रोजर फेडेररको संयुक्त २० ग्रान्ड स्लाम पछ्याएका १७ ग्रान्ड स्लाम विजेता जोकोभिचले पनि सेरेनाको लक्ष्य प्राप्त नभएकोमा सहानुभूति प्रकट गरे। ‘जुन विश्व खेलकुदकै इतिहासकै गरिमा जसलाई तपाईं पछ्याइरहनु भएको छ। त्यस क्रममा धेरै दबाब पर्ने गर्छ,’ जोकोभिचले भने।

ओसाकाले जेनिफर ब्राडीसँग उपाधि भिडन्त तय गर्दा जोकोभिचले सेमिफाइनलमा एसलान कारात्सेभलाई पराजित गरे। ३३ वर्षे सर्बियन जोकोभिचले रसियन कारात्सेभलाई ६–३, ६–४ र ६–२ ले हराउँदा एक घण्टा ५३ मिनेट समय लगाए। उनले फाइनलमा शुक्रबार हुने डानियल मेदभेदेभ र स्टेफानोस सितसिपासबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/sports/461171-1613712611.html

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *