देश विदेश

कोरियामा अब थप १३ महिना बस्न पाइने

शेयर गर्नुहोस्

फागुन ७, काठमाडौँ | दक्षिण कोरियामा अब थप १३ महिना बस्न पाइने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण करिब एक वर्षदेखि कोरियाले विदेशी कामदार लगेको छैन ।

कोरोनाभाइरसका कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्कन नपाएका कामदारलाई अस्थायी मौसमी कामदारको रुपमा काम गर्न अनुमति दिने कोरियाले नयाँ नीति ल्याएको छ । दक्षिण कोरियाले कोरियाका विभिन्न भिसामा पुगी काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहेमा १३ महिनासम्म बस्न पाइने व्यवस्था गरिएको हो ।

लामो समयदेखि विदेशी कामदार नल्याएका कारण कोरियामा कामदारको अभाव हुन थालेको छ । कामदारको अभावलाई पूर्ति गर्न कोरियाले यस्तो रणनीति ल्याएको छ ।

– आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *