देश विदेश

प्रजातन्त्रका सडकयात्री

शेयर गर्नुहोस्

रोड सुनसान थियो। एकजना यात्री रोडको लम्बाइ नाप्न लागेजस्तो गरी उभिएका थिए। उनका आखाँ परपरसम्म हेरिरहेका थिए। देख्दा भर्खर बीस नागे जस्तो देखिने ती यात्री केही खोज्न निस्किएको जस्तो लाग्दथियो। काँधमा नाम्लो थियो। उनका लुगा ठाउँठाउँमा च्यातिएका थिए। रोड किन सुनसान छ , उनले राम्रोसंग बुझ्न सकेका थिएनन्।

रोडको किनारमा एउटा ठूलो रुख पनि थियो। यात्रीहरूको लागि छहारी। रुखको तलपट्टि सानो कुवा पनि थियो। यात्री पानी पिउन कुवातिर जान्छन्। कुवामा पानी पिउँदै गर्दा, अलिपर केही मानिसहरू जम्मा भएको देख्छन्। जगल भएकाले राम्रोसँग मानिस देख्न कठिन भएको थियो। उनी बिस्तारै उतै जान्छन्। उनी नकिज पुग्न नपाउँदै जम्मा भएका सबैलाई समाइन्छ। सडकको यात्रीलाई पनि जबर्जस्ती उनीहरू सँगै लगिन्छ।

दिन सकिएर रात परिसकेको थियो। जूनकीरी बाहिर पिलपिल उज्यालो दिँदै थिए।औँसीको रात भयकोले जुनकिरीको उज्यालो कतारकता देखिएको थियो। जगलमा स्यालहरु कराई रहेका थिए। रोडमा कुकुरहरू कराउँदै थिए।परिस्थिति सुनसान थियो। समातिएका मानिसहरू जाडोले काप्दै थिए। ती यात्रीले बिस्तारै नजिकैको मानिसलाई सोधे – होइन हजुर हामीलाई किन यहाँ लिएर आएको हो ? हामी प्रजातन्त्रको लागि संघर्ष गर्दै छौ । ती मानिसले छोटो उत्तर दिए।

– ऐ हो र, के हो यो प्रजातन्त्र भनेको? हामी सबैको अधिकार सुनिश्चित हुनु नैं प्रजातन्त्र हो।

– ए यहाँ पनि सुरु भयो । ला प्रजातन्त्र भन्दै कोर्रा बर्साउन थालें। यात्रीको शरीरमा पनि कोर्राका ढाम परें। जाडो भए पनि उनीहरूको शरीरबाट रगत र पसिना बग्दै गरेको थियो। फेरि पनि उनीहरू आफ्नो कुरामा अडिग थिए। रातभरिको कोर्रा अनि जमीनको चिसोले गलेको शरीर जमीनमा पल्टिरहेको थियो।

बिहान पाखा सबै जनालाई अब यस्तो काम नगर्नु भन्दै छोडिएको थियो। अरू सबै आफ्नो बाटो लागें। यात्री भने उही सुनसान रोडको किनारमा रहेको ठूलो रुखको छहारीतिर गए।

कैयन् यस्ता आन्दोलनलाई यात्रीले नजिकबाट हेरिरहेका थिए। लामो संघर्षपछि रोडमा ठूलो आन्दोलन देखियो।मानिसहरू खुला रूपमा प्रजातन्त्र जिन्दावाद भन्न थालिसकेका थिए। सबै नारा जुलुसको एउटै भाषा थियो। जहानियाँ राणा शासन मुर्दावाद, , प्रजातन्त्र जिन्दावाद। लामो समयसम्म आन्दोलनपछि देशमा परिवर्तन आएको थियो। यात्री पनि अब खुला आकाशमुनि आफ्नो भविष्य सुनिश्चित हुने कुरामा आशावादी थिए।

समय बित्दै गयो। यात्रीको कपाल दारी सेतै फुलिसकेको थियो। छाला चाउरी परेर अनुहार बदलिएको थियो। हुन त देशमा पनि शासन व्यवस्थाको परिवर्तन आएको थियो। यात्रीको जीवनमा भने कुनै परिवर्तन थिएन। उही पुरानो रोड , उही पुरानो रुखको छहारी। फरक यति मात्र थियो ,यात्रीको सबै शक्ति सकिएको थियो। रोडमा हिड्ने कसैले दया गरी केही दियो भने उनको भोक मेटिन्थियो। अब त पानी पिउन जाने शक्ति पनि सकिएको थियो।

शरीरभरि यात्रीलाई रोडको धुलोले छोपेको थियो। आँखाको धूलो पुछ्दै यात्रीले आउँदै गरेको भीडलाई नियाल्दै थिए। आजको नारा अर्कै थियो। हामी यहाँ छौ । हाम्रो नेता हिरो हो । अरू सबै जिरो हो। अदालत हाम्रै हो, फेरि चुनाव गर्ने हो। एउटा भन्छ नाटक हो, अर्को भन्छ नौटंकी हो।

यस्ता कुरा सुनेर यात्रीलाई पुरानो दिनको सम्झना आयो ।उठेर चिच्याउन खोजेँ। उनको शरीरले साथ दिएन। जतिसुकै आन्दोलन गरे , हेरें पनि उनको साथी त्यही रोड अनि रोड किनाराको ठूलो रुख भयो। त्यही रूखमुनि उनको शरीर तन्नक तानियो । आँखाहरू हेरिरहे। उनको मूलबाट प्रजातन्त्र जिन्दावादको आवाज आयो। मुख खुला भयो। फेरि आवाज आएन। शरीर निलो हुँदै गयो। रोडको भीड अगाडि बढिरहेको थियो। एकछिनमा रोडमा फेरि सुनसान भयो। धेरै समयपछि अलपत्र लाशलाई बाटोका बटुवाहरू मिली मसानघाटमा लिएर गए। न त यात्रीलाई प्रजातन्त्र आयो, न सुनौलो दिन।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/arts/461271-1613718186.html

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *