देश विदेश

सुनको मूल्य १ हजारले घट्यो,कति पुग्यो प्रतितोला ?

शेयर गर्नुहोस्

फागुन ७, काठमाडौं । नेपालमा पछिल्लो समय सुनको मूल्य निरन्तर ओरालो लागेको छ । बिहिबार प्रतितोला ८९ हजार २ सयमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले घटेर प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार यता सुनको मूल्य तोलामा रु दुई हजार ७ सय रुपैयाँले घटेको छ । यस्तै आज तेजाबी सुनको मूल्य ८७ हजार ७५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबारको तुलनामा प्रतितोला रु ३० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

बिहीबार १३३५ रुपैयाँ तोलामा कोरोबार भएको चाँदीको भाउ १३०५ रुपैयाँमा कारोबार भएको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *