देश विदेश

रु रु हाइड्रोको आईपीओ स्थानीयका लागि आज देखि निष्कासन

शेयर गर्नुहोस्

फागुन ७, काठमाडौं । आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि रू रू जलविद्युत परियोजनाले शुक्रबारदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावितका लागि ४ लाख ७ हजार ७०५ कित्ता सेयर निष्कासन गरेको हो ।

उक्त सेयरमा प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयले आवेदन दिन पाउनेछन् । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । स्थानीयमा जारी भएपछि सर्वसाधारणमा आइपीओ निष्कासन हुनेछ ।

आइपीओ निष्साकन छिटोमा फागुन २१ र ढिलोमा चैत ८ गते बन्द हुनेछ । यो अयोजनाको प्रतिमेगावाट लागत रु. १४ करोड ८९ लाख ४ हजार ३८२ रहेको छ । शेयर विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *