देश विदेश

संसद विघटन मुद्धा एमिकस क्युरीमाथि नै गम्भीर प्रश्न, वकिल बस्नेतलाई वहसमा छिराउने प्रयास असफल

शेयर गर्नुहोस्

काठमाडौं। संसद पुनस्र्थापना गर्ने कि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विगठन सदर गर्नेबारे सर्वोच्च अदालतमा घनीभूत वहश चलिरहेका बेला अदालतको सहयोगीका रुपमा रहेको एमिकस क्युरीको स्वतन्त्रताबारे गम्भीर प्रश्नहरु उठ्न थालेका छन्।

अदालतभित्र र बाहिर एमिकस क्युरीका वहशका केही विषय सार्वजानिक भएपनि केही कुरा भने सार्वजानिक नभएको पाइए। स्रोतकाअनुसार, रिट निवेदक नेकपाका नेता देव गुरुङको तर्फबाट वहस गर्न एकजना वकिल थप गराउने प्रयत्न पटक पटक भएको थियो।

दुबैतर्फ वकिलहरु को को रहने भन्ने कुरा अदालतबाट स्वीकृत भइसकेपछि नेता गुरुङका तर्फबाट वकिल थप्ने प्रयत्न भएकोमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नै अब नाम थप नगरौं भन्दै वकिल थप गर्ने प्रस्ताव अस्वीकार गरेका थिए।

रिट निवेदकका तर्फबाट लगेको नाम एकपटक अस्वीकृत भइसकेपछि नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले चियाको समयमा वकिल थप गर्ने प्रस्ताव बेन्चसमक्ष प्रस्ताव गरेका थिए। यो बेलाको प्रस्तावलाई अर्का न्यायाधीश अनिल सिन्हाले अस्वीकार गरेका थिए।

त्यसरी वकालतनामा थप गराउन खोजिएका वकिल थिए ललित बस्नेत। बेञ्चले अब थप नाम नलिने भनिसकेकोले नाम थप नहुने सिन्हाले बताएका थिए। त्यसपछि एमिकस क्युरीमा सहयोगीका रुपमा उनको नाम समावेश गर्ने प्रस्ताव गरिएको थियो।

रिट निवेदक नेकपाका नेता देव गुरुङको तर्फबाट बहस गर्न एकजना वकिल थप गराउने प्रयत्न पटक पटक भएको थियो। दुबैतर्फ वकिलहरु को को रहने भन्ने कुरा अदालतबाट स्वीकृत भइसकेपछि नेता गुरुङका तर्फबाट वकिल थप्ने प्रयत्न भएकोमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नै अब नाम थप नगरौं भन्दै वकिल थप गर्ने प्रस्ताव अस्वीकार गरेका थिए। 

बस्नेत पूर्वराष्ट्रपति डा. रामबरण यादवका निजी सचिव तथा कानुनी सल्लाहकार हुन्। स्रोतकाअनुसार, वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीबक्ता बद्रिबहादुर कार्कीले एमिकस क्युरीमा आफ्नो सहयोगीका रुपमा बस्नेतको नाम प्रस्ताव गरे।

सहयोगीका रुपमा उनी बहसका क्रममा देखिएका थिए। कार्कीले आधा घण्टा वहस गरेपछि बस्नेतलाई थप बहसका लागि अघि सार्ने प्रयत्न गरेका थिए, तर बेञ्चले सहयोगीलाई बहस गर्न दिने प्रचलन नभएको भन्दै बस्नेतलाई बहस गर्न अनुमति दिएको थिएन।

रिट निवेदकका वकिललाई एमिकस क्युरीमा सहयोगीकै रुपमा भए पनि छिराउने प्रयत्न गरिनुले स्वतन्त्र राय दिएर अदालतलाई सहयोग गर्नुमा वरिष्ठ अधिवक्ता कार्कीको पक्षधरता देखिएको भन्दै आलोचना भएको छ।

बहसमा आ–आफ्ना तर्कहरु प्रस्तुत हुने भएपनि राजनीतिक पक्षधरता पहिले नै देखिदा एमिकस क्युरीमा रहेका कानुन व्यवसायीहरुको स्वतन्त्र सल्लाहमाथि प्रश्न उठ्दै आएको छ।

अदालतले बारसँग सहयोगी माग गरेकोमा अध्यापन गराउने कार्यमा रहेकी र अदालतमा वर्षदिनमा एउटा पनि बहस नगरेकी प्राध्यापक गीता पाठक संग्रौलालाई पनि एमिकस क्युरीमा राखेको कुरा पनि वाकिलहरु बीच चर्चामा छ। प्राध्यापन गर्ने भन्दा पनि बहस गर्ने व्यक्ति हुनुपर्ने कुरासँगै वकिलको पक्षधरताले न्याय प्रक्रियामा एमिकस क्युरीले दिने सल्लाहको विश्वसनीयताबारे पनि प्रश्न उठेको छ।

एमिकस क्युरीमा रहेका वकिलहरुमध्ये केहीले यो मुद्धाको पक्ष र विपक्षमा सार्वजानिक अभिव्यक्तिसमेत दिएकाले विश्वसनीयता र निष्पक्षताको प्रश्न उठेको हो। सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष खगेन्द्र अधिकारीले आफ्नै नाम पनि एमिकस क्युरीका लागि पठाएका थिए।

तर, उनले यो मुद्धामा पक्षधरता देखाएर अन्तर्वार्ता दिएको कुरा विवादमा आएको थियो। पछि उनको नाम एमिकस क्युरीबाट झिकिएको थियो। सर्वोच्चमा आज पनि एमिकस क्युरीका सदस्यहरुको वहस जारी छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *