देश विदेश

अब एकल पुरुषलाई पनि भत्ता

शेयर गर्नुहोस्

मुगु । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका एकल पुरुषहरुलाई भत्ता दिन शुरु गरेको छ । जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले आफना १४ वटा वडाहरुमा रहेका एकल पुरुषहरुलाई भत्ता दिन शुरु गरेको हो ।

शुक्रबार ७१ औँ राष्टिय प्रजातन्त्र दिवसको अवसर पारेर नगरपालिकाले एक औपचारिक कार्यक्रम गर्र्दै नगर क्षेत्रभित्र रहेका एकल पुरुषहरुलाई भत्ता दिन शुरु गरेको छ ।

एकल भत्ता बुझ्न आएका एकल पुरुषहरुले एकल महिलाझैँ आफुहरुले पनि भत्ता पाउँदा खुशी व्यक्त गरेका छन् । वडा नं १४ का ५० वर्षिय जुद्ध बढुवाल भन्छन्, ‘राज्यले एकल महिला भत्ता, वृद्ध भत्ता, बालबालिका भत्ता दिँदै आएपनि श्रीमतीको मृत्यु भएर वा श्रीमती नै नल्याएर वेसाहारा, एकल भएका समाजमा रहेका एकल पुरुषलाई संघिय र प्रदेश सरकारले वास्ता नगरेपनि स्थानिय सरकारले भत्ता दिएपछि आफुहरु पनि नागरिक भएको महशुस भएको छ, नत्र अरुले भत्ता बुझ्दा हामीहरु विगतमा दोस्रो दर्जाका नागरिक रहेछौँ भनेर सम्झन्थ्यौँ ।’

वडा नं १ का ५३ वर्षिय कृष्ण बहादुर हितानले नगरप्रमुख हरिजंग शाहीको हातबाट ६ हजार भत्ता बुझ्दै भने, ‘नगर प्रमुख र सबै वडा अध्यक्षहरुको जय होस, बषौँदेखि समाजमा एकल भएर वेसहारा भै जिवन विताई रहेका हामीहरुलाई बालबच्चाको शिक्षा, पालन पोषण र घर खर्च चलाउँदा समस्या भोग्दै आएका थियौँ, अब हामीलाई सहज हुने भयो ।’

वडा नं २ का वडा अध्यक्ष परेगराज चौलागाईँले गाँउबस्तिमा पुग्दा अन्यलाई भत्ता दिए पनि एकल पुरुषलाई राज्यले नदेखेको पाएपछि कार्यपालिकाको बैठकमा एकल पुरुषलाई पनि भत्ता दिने व्यवस्था गरौँ भनेर कुरा उठ्दा सबै साथीहरु सहमत भएको बताउँछन्।

वडा नं ४ का वडा अध्यक्ष विष्णुकुमार भाम हामी नेपाली भौतिक विकासलाई मात्र विकास भन्छौँ जबसम्म समाजमा अपहेलित भएका, पिछडिएका र छेउ पारिएका एकल पुरुष जस्तै अन्यलाई पनि राज्यको दायरामा ल्याउदैनौँ तबसम्म अन्य जेसुकै विकास गरेपनि त्यो सार्थक नहुने बताउँछन् ।

देशमा रहेका ७५३ वटा स्थानिय तहहरुमध्य दुर्गम हिमाली जिल्लामा रहेको छायाँनाथ रारा नगरपालिकाले भौगोलिक,राजनैतिक तथा अन्य बाधा कठिनाईका बाबजुद पनि नमुना काम गर्दै आएको र यहि नगरको सिको गर्दै प्रदेश लगायत अन्य स्थानिय सरकारहरुले कार्यक्रम कपि गर्ने गरेको कार्यक्रमका विषेश अतिथी नेपाली कांग्रेस मुगुका पार्टी सभापति खड्क बहादुर शाहीले बताए ।

सहभागी १२६ जना एकल पुरुषहरुलाई आर्थिक बर्ष २०७६ को एकल पुरुष भत्ता वितरण गर्दै कार्यक्रमका सभाध्यक्ष एवं नगर प्रमुख हरिजंग शाहीले नगरपालिकाले शुरु गरेका विभिन्न ऐतिहासिक कार्यक्रम र योजना मध्य एकल पुरुष भत्ता पनि एक भएको बताए ।

देशमा रहेका केहि स्थानिय सरकारहरुले यस अघि एकल पुरुष भत्ता दिने घोषणा गरेपनि भत्ता वितरण शुरु गर्ने छायाँनाथ रारा नगरपालिका देशभरमै पहिलो भएको र ४० बर्ष भन्दा माथी ६० बर्ष मुनिका एकल पुरुषहरुलाई मासिक ५०० का दरले बार्षिक ६ हजार एकल पुरुष भत्ता वितरण गरिने प्रमुख प्रशासकिय अधिकृत बद्री प्रसाद शर्मा वाग्लेले बताए।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *