देश विदेश

प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त

शेयर गर्नुहोस्

फागुन ७, काठमाडौँ । प्रदेश २ को प्रमुखमा राजेश झा (अहिराज) नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहटका राजेश झालाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

उनी राजेश अहिराजको नामले चिनिन्छन । झा रौतहटका हुन् । यसअघि शुक्रबार नै प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी झालाई नियुक्त गरिएको हो । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी ज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री राजेश झा, रौतहटलाई प्रदेश नं २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।’ राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *