देश विदेश

साथीको हत्या गरी फरार अभियुक्त ६ वर्षपछि पक्राउ

शेयर गर्नुहोस्

काठमाडौं । साथीको हत्या गरी फरार अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन् । ललितपुर कुमारीपाटी डेरा गरी बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका ४ काफ्लेटोल घर भएका ५४ वर्षीय भिमे सार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका १० धोबी खोलास्थित सिम्रिक पुल मुनी २०७१ चैत ९ गते १० थापागाउँ बस्ने दाङ तुल्सीपुर नगरपालिका १० घर भएका द्रोण बहादुर सेनको इँटाले टाउकोमा प्रहार गरी हत्या गरेको अवस्थामा मृत फेला परेका थिए ।

घटनाको अनुसन्धानको क्रममा सेनको हत्यामा भिमे सार्की संलग्न रहेको र घटना पश्चात् फरार भई भारतको राजस्थानमा लुकिछिपी बस्दै आएकोमा पछिल्लो समय काठमाडौं आई लुकिछिपी बसेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको महाशाखाले जनाएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *