देश विदेश

प्रदेश २ का नवनियुक्त प्रमुख झाले लिए पद तथा गोपनियताको शपथ

शेयर गर्नुहोस्

काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् ।

शुक्रबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई पथ तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने समारोहमा सहभागी भएनन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले रौतहटका राजेश झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेकी थिइन् । राष्ट्रपति भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गरेकी थिइन् । परियारलाई पदमुक्त गरेपछि रिक्त ठाउँमा झालाई नियुक्त गरिएको हो ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/228562/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *