देश विदेश

लिगलिग साईकल रेसः शसस्त्र प्रहरीका साईकल राईडरलाई उपाधि

शेयर गर्नुहोस्

प्राचीन ऐतिहासिक थलो गोरखाको लिगलिगमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित लिगलिग साईकल रेसको उपाधि शसस्त्र प्रहरीका साईक्लिष्टद्वयले जितेका छन् । महिलातर्फ सोनी गुरुङले उपाधि उचाल्दा पुरुषतर्फ लक्ष्मण मल्लको नाममा उपाधि लेखियो ।  

५२.९ किलोमिटर दुरी २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा पार गर्दै शसस्त्र प्रहरी वलका लक्ष्मण मल्लले लिगलिगे साइकल दौडको उपाधि जितेका हुन् । लिगलिग भिलेज स्पोर्टसको आयोजनामा गोरखाको लिगलिगकोटमा आयोजित साइकल रेसमा त्रिभुवन आर्मी क्लवका हिमाल टमटाले निर्धारित दुरी २ घण्टा ३१ मिनेट ३५ सेकेण्डमा पार गर्दै दोस्रो भए ।  

त्रिभुवन आर्मीकै ओकेशराज बज्रचार्यले २ घण्टा ३६ मिनेट ५६ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हासिल गरे । प्रतियोगितामा अनिल महर्जनले सान्त्वना पुरस्कार थापे । उनले २ घण्टा ४१ मिनेट २३ सेकेण्डमा दुरी पार गरेका थिए । प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रोले क्रमश २५, २० र १५ हजार तथा सान्त्वना पुरस्कार स्वरुप नगद १० हजार रुपैयाँ र पदक प्राप्त गरे ।  

महिलातर्फ शसस्त्र प्रहरी वल एपीएफका सोनी गुरुङले निर्धारित दुरी ५२.९ किलोमिटर २ घण्टा ५६ मिनेट ७ सेकेण्डमा पार गर्दै उपाधि जितेकी हुन् । उपाधी संगै गुरुङले नगद २५ हजार पाईन् । प्रतियोगितामा नुवाकोटकी लक्ष्मी मगरले निर्धारित दुरी ३ घण्टा २ मिनेट ९ सेकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गर्न सफल भइन भने गोरखाकी उषा खनालले ३ घण्टा ९ मिनेट २ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हासिल गर्न सफल भइन । प्रतियोगितामा प्युठानका ह्युमेइ बुढामगरले ३ घण्टा १२ मिनेट ५५ सेकेण्डमा पार गर्दै सान्त्वना स्थान हासिल गरिन । प्रतियोगितामा दोश्रो, तेश्रो सान्त्वना हासिल गर्ने खेलाडीले क्रमश २०, १५ र १० हजार नगद पुरस्कार थापे ।  

प्रतियोगितामा गण्डकी प्रदेश महिला तर्फ गोरखाकी उषा खनाल प्रथम, लम्जुङकी केशरी थापा मगर दोश्रो र कास्कीकी जमुना थापा तेश्रो स्थानमा आईन् । पुरुषतर्फ कास्कीका सन्दिप सुदौली प्रथम, गोरखाका लेखप्रसाद भट्ट दोश्रो र गोरखा पालुङटारका शिव श्रेष्ठले तेश्रो स्थान हासिल गर्न सफल भए । गण्डकी प्रदेश पुरुष र महिला तर्फ प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः ५ हजार, तीन हजार र २५ सय नगद प्राप्त गरे ।  प्रतियोगितामा पुरुष तर्फ ६२ र महिला तर्फ १७ जना खेलाडीले सहभागीता जनाएका थिए ।  

प्रतियोगिताका बिजेताहरुलाई पालुङटार नगरपालिकाका मेयर दीपक बावु कंडेल, उपमेयर पम्फा बसेल, नेपाल पर्यटन वोर्डका कार्यकारी अधिकृत धनन्जय रेग्मी, नेपाल साइक्लिङ संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष  सन्जीव रानामगर लगायतले पुरस्कार राशी प्रदान गरेका थिए । 

प्रकाशित: ८ फाल्गुन २०७७ १३:१९ शनिबार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/sports/461991-1613806472.html

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *