देश विदेश

२४ घण्टामा १३६ कोरोना संक्रमित निकाे

शेयर गर्नुहोस्

काठमाडौं । शनिबार थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५३५ रहेको छ ।

पछिल्लो २४ घण्टामा १३६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ७५५ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०६१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका काराण शुन्य मृत्यु भएको छ ।

यस्तै, हालसम्म ७१ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ३६ हजार ३०९ जनाको पीसीआर परीक्षण गरिएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *