देश विदेश

बारा मालपोतका प्रमुख र लेखापढी व्यवसायी ६ लाख घुससहित पक्राउ

शेयर गर्नुहोस्

फागुन ८, बारा | बारास्थित मालपोत कार्यालयका प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाल पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खनाल र बडाललाई ६ लाख घुस रकमसहित पक्राउ गरेको हो।

शुक्रबार टंगालबाट खटिएको अख्तियारको टोलीले सिमरा उपमहानगरपालिका-२२ जर्गा होटलबाट दुबैलाई पक्राउ गरेको हो। दुबैले सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भन्दै फुकुवा गराउने प्रक्रिया मिलाएबापत घुस मागेको अख्तियारले जनाएको छ।

‘सो प्रक्रिया फास्ट ट्रयाकबाट गराएर जग्गा पास गराइदिने र सो गराइदिएबापत रकम माग गरिरहेको सूचनाका आधारमा गएको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो,’ अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले भने।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *