देश विदेश

‘धर्म रक्षाका लागि जनता जागरुक हुनुपर्छ’

शेयर गर्नुहोस्

काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले धर्म रक्षाका लागि जनता जागरुक हुनुपर्ने बताएका छन् । नेपाल गृहस्थ धर्मसेवा सदनले आज यहाँ आयोजना गरेको ‘सहभोज कार्यक्रम तथा पत्रकार सम्मेलन’मा उनले पछिल्लो समय विभिन्न प्रलोभनमा धर्म परिवर्तन गराउने खेल बढेको भन्दै त्यसलाई रोक्नका लागि जनस्तरबाटै पहलकदमी लिनुपर्ने बताएका हुन् ।

“धर्मका बारेमा ज्ञान भएको नेतृत्व अहिले मुलुकलाई चाहिएको छ”, उनले भने । पूर्वरक्षामन्त्री प्रधानले परम्परादेखि चल्दै आएको धर्मको रक्षा गर्नु हामी सबैको दायित्व भएको बताए।

काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख राजाराम श्रेष्ठले धर्मको रक्षा गर्ने दायित्व जनताको भएको बताए । धर्म संस्कृतिले हाम्रो समाजलाई अनुशासित र मर्यादित बनाउने उनको भनाइ थियो । रिपोर्टर्स क्बल नेपालका अध्यक्ष ऋषि धमलाले घरघरबाट जातीय विवेदको अन्त्य नगरेसम्म छुवाछुतमुक्त देश बन्न नसक्ने धारणा राखे ।

विश्व हिन्दू महासङ्घका महासचिव गणेश न्यौपानेले धर्मको रक्षाका लागि सङ्घर्ष गर्नुपर्ने बेला आएको उल्लेख गरे । एक दशक पहिले स्थापना भएको सदनले गरीब, दुःखी, वृद्धवृद्धालाई सहयोग तथा सामाजिक काम गर्दै आइरहेको सदनका अध्यक्ष तुलसीराम पोखरेलले जानकारी दिए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *