देश विदेश

संसद विघटनले जटिलता निम्त्यायो, अब ताजा जनादेशः कमल थापा

शेयर गर्नुहोस्

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनले संवैधानिक जटिलता निम्त्याएको बताएका छन् । शनिबार झापाको गौरीगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले भ्रष्टाचार, बेरोजगारी, मनपरीतन्त्र, धर्मपरिवर्तन र सर्वसत्तावादी चक्रको अन्त्यको निमित्त ताजा जनादेश उपयुक्त हुने विचार व्यक्त गरे ।

राजसंस्था र हिन्दूराष्ट्र लोकतान्त्रिक एवं प्रगतिशील मान्यता भएको भन्दै उनले शासन जनताका छोराछोरीले गर्ने, अभिभावकको रुपमा मात्र राजसंस्था रहँदा मुलुकको सर्वोपरि हित हुने दाबी गरे । सबै धर्मको सम्मान हुने गरी सनातन हिन्दूराष्ट्र कायम गर्दा मुलुकको धर्म, संस्कृति, परम्परा र मौलिकताको जगेर्ना हुने थापाको धारणा थियो।

१४ वर्षको राजनीतिक अभ्यास असफल भएको भन्दै विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेर जानुमा स्वार्थ र शक्तिको फोहोरी राजनीतिले काम गरेको उनको भनाइ थियो । कम्युनिष्ट पार्टीभित्रको द्वन्द्व देश हित र निर्माणका निमित्त नभई कुर्सी, शक्ति र भागबण्डाको निमित्त मात्र भएको थापाको टिप्पणी थियो।

कार्यक्रममा बोल्दै राप्रपा नेता राजेन्द्र लिङ्देनले राप्रपालाई काङ्ग्रेस र कम्युनिष्टको विकल्पको रुपमा स्थापित गराएरै छाड्ने दृढता व्यक्त गरे। लिङ्देनले भ्रष्टाचार र बेथिति विरुद्धमा राप्रपाले सशक्त आवाज उठाएर जनताको माझमा जाने बताए।

कार्यक्रममा नेताहरू राम थापा, टेकनारायण राजवंशी, अम्बर बिष्ट, वासुदेव भट्टराई, बाबुराजा श्रेष्ठलगायतले सम्बोधन गरेका थिए।

 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/228812/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *