देश विदेश

बढ्यो सुनको मूल्य

शेयर गर्नुहोस्

फागुन ९, काठमाडौं । पछिल्लो समय नेपाली बजारमा ओरालो लागेको सुनको मूल्य आइतबार बढेको छ । शुक्रबार ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार प्रतितोला रु ८ सयले बढेर ८९ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५ सय ५० मा कारोबार भएको छ । आज चाँदीको मूल्य पनिबढेको छ । चाँदीको मूल्य शुक्रबारको तुलनामा प्रतितोला रु २५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

शुक्रबार १३०५ रुपैयाँ तोलामा कोरोबार भएको चाँदीको भाउ आज १३३० रुपैयाँमा कारोबार भएको हो ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *