देश विदेश

पेरिस हिल्टनको इगेजमेन्टसँगै औंठीको चर्चा चुलियो

शेयर गर्नुहोस्

काठमाडौं। हलिउड अभिनेत्री तथा व्यवसायी पेरिस हिल्टनले ब्वाइफ्रेण्ड कार्टर रियमसँग हालै इंगेजमेन्ट गरेकी थिइन् । यी दुईको इंगेजमेन्ट १३ फेब्रुअरीमा पेरिसको ४० औं जन्मदिनको कार्यक्रममा भएको थियो । यो समय दुवै एक निजी टापुमा थिए । कार्टरले परिसलाई बहुमुल्य औंठीसहित प्रपोज गरेका थिए । अब यो हीराको औंठीको चर्चा चुलिएको छ ।

पिपुल म्यागजिनका अनुसार यो औंठी जीन डसेटले बनाएका हुन् जो प्रसिद्ध फ्रेन्ज ज्वेलरी आइकन लुइस कार्टियरका पनाती हुन् । पेरिस हिल्टनको वेबसाइटमा उनको इंगेजमेन्टका फोटोहरु शेयर गरिएका छन् । पेरिसको इंगेजमेन्ट औंठी २ मिलियन डलर (२३ करोड २४ लाख रुपैयाँ) मूल्यको भएको बताइएको छ । पेरिसले आफ्नो युट्युबमा यो औंठीको डिजाइनको भिडियो शेयर गरेकी छिन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *