देश विदेश

पाकिस्तान सुपर लीगमा क्रिस गेलको आक्रमक ब्याटिङ

शेयर गर्नुहोस्

काठमाडौं । पाकिस्तान सुपर लीग (पीएसएल) नयाँ सिजनको सुरुवात भएको छ । नेशनल स्टेडियममा कराची किंग्स र क्वेटा ग्लैडिएटर्स बीच भएको सिजनको पहिलो खेलमा कराचीले क्वेटालाई ७ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको क्वेटाको टोली १८ ओभर १ बलमा सबै विकेट गुमाएर १२० रनमा समेटियो । जवाफमा कराची किंग्सले उक्त लक्ष्य १३ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा गर्यो ।

यसअघि खेलमा कराची किंग्सका कप्तान बाबर आजामले टस जितेर ब्याटिङ गर्ने निर्णय सहि साबित भयो । क्वेटाका ओपनर टोम बेन्टन ५ र कप्तान सरफराज अहमद ७ रन बनाएर पवेलियन फर्किए । मध्य क्रममा ब्याटिङ गर्न आएका क्रिस गेलले २४ बलमा ४ चौंका र २ छक्काको मद्दतमा ३९ रन बनाउदा क्वेटाका अन्य खेलाडीहरुले टोलीका लागि ठुलो पारी खेल्न सकेनन । आजम खानले १४ बलमा १७ रन बनाउदा कैस अहमदले १३ बलमा १६ रन बनाए । कराचीका लागि अरशद इकबालले सर्वाधिक ३ विकेट लिए ।

लक्ष्य पछ्याएको कराची किंग्सको सुरुवात राम्रो रहेन । टोलीका ओपनर शर्जील खान मात्र ४ रन बनाएर पवेलियन फर्किए । कप्तान बाबर आजमले २० बलमा २४ रन बनाए । साथै मध्य क्रमका खेलाडी जो क्लार्कले २३ बलमा ६ चौंका र ३ छक्काको मद्दतले ४६ रनको पारी खेले । कोलिन इन्ग्रामले १७ र मोहम्मद नबीले १४ बलमा ३० बनाउदै टोलीलाई जितको नजिक पुर्याए । अरशद इकबालले उत्कृष्ट बलिङ गरे वापत प्लेअर अफ द म्याचको उपाधि पाए ।

 

 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *