देश विदेश

सरकारले खरिद गरेको कोरोना बिरुद्ध दोश्रो चरणको खोप क-कसले पाउँछन् ?

शेयर गर्नुहोस्

फागुन ९, काठमाडौँ । सरकारले भारतसंग खरिद गरेको १० लाख डोज कोरोना बिरुद्धको खोप नेपाल आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित १० लाख डोज कोभिशिल्ड खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

दोश्रो चरणको खोप अभियानमा विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारीहरू, सार्वजनिक यातायातका चालक तथा सहचालकहरूले लगाउन पाउने भएका छन् । औषधी पसल र प्रयोगशालामा काम गर्ने कर्मचारी तथा सफाईकर्मीहरूलाई समेत खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार निर्णय गरेको छ ।

यसअघि भारत सरकारले नेपाललाई अनुदान स्वरूप दश लाख डोज कोरोना बिरुद्धको खोप दिएसंगै १४ माघदेखि कोरोना बिरुद्धको खोप अभियान सुरु गरिएको थियो । पछिल्लो चरणमा सरकारले खरिद गरेको २० लाख डोज खोप मध्ये दशलाख नेपाल आइपुगेको छ भने १० लाख आउँन बाँकी छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *