देश विदेश

९१ वर्षकी महिलाले आफ्नो जन्मदिनमा ७३ वर्षका ब्वाइफ्रेण्डसँग बिहे गरिन्

शेयर गर्नुहोस्

काठमाडौं। एक महिलाले आफ्नो ९१ औं जन्मदिनका दिन बिहे गरेर आफ्नो जन्मदिन बनाएकी छिन् । ती महिलाले ती ब्वाइफ्रेण्डको विवाहको प्रस्ताव वर्षौंदेखि अस्वीकार गर्दै आएकी थिइन् । अन्ततः ९१ वर्षको उमेरमा उनले प्रस्ताव स्वीकार गरिन् ।

इभलिना मेडर विल्सन नामकी ती महिलाले अन्ततः ७३ वर्षका क्यालगेन्ट विल्सनसँग बिहे गरेकी हुन् । यी दुईले जनवरी २२ मा जमाइकाको सेन्ट थोमसस्थिगत घरमा बिहे गरेका हुन् । इभलिनाले सीएनजे जमाइकासँग कुरा गर्दै आफू बिरामी भएको बेला क्यालगेन्टले आफ्नो स्याहार गरेपछि आफूहरु नजिक भएको बताइन् ।

इभलिनाका अनुसार त्यतिबेलादेखि नै क्याल्गेन्टले उनलाई विवाहको प्रस्ताव गर्ने गरेका थिए तर उनले प्रस्ताव पिएको बेला राख्ने भएकोले उनले हाँसेर उडाइदिन्थिन् । उनले भने ‘उनी जतिबेला पनि यस्तै कुरा गर्थे, खासगरी त्यतिबेला जब उनी पिएका हुन्थे ।’ तर पछि परिवारले पनि विवाह गर्न भनेपछि उनी तयार भएकी थिइन् । इभलिनाका अनुसार उनका नयाँ पतिले नै उन्को जन्मदिन विवाह गर्नका लागि रोजेका थिए । इभलिनाकी नातिनीले विवाहको दिन उनको मेकअप गरेर तयार पारेकी थिइन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/229025/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *