देश विदेश

भिसा अवधिभर साउदी प्रवेश नगरे तीन वर्षसम्म प्रतिबन्ध

शेयर गर्नुहोस्

काठमाडौं। साउदी सरकारले साउदी अरबमा कार्यरत रही पुनःप्रवेश भिसामा स्वदेश फर्किएका आप्रवासी कामदारहरु सो भिसाको अवधि सकिनु अगावै नफर्किएमा तीन वर्षसम्म साउदी अरब प्रवेश गर्न नपाउने गरी प्रतिबन्ध लगाउने भएको छ । वैदेशिक रोजगार विभागले आइतबार एक सूचना जारी गरी उक्त प्रतिबन्ध सम्बन्धमा जानकारी गराएको हो ।

त्यस्तै, जुन कम्पनीबाट पुनः प्रवेश भिसामा गएको हो सोही कम्पनीमा नयाँ भिसामा जान अनुमति पाएमा सो अवधि अघि नै जान पाउने साउदी अरेबियाको अध्यागमन कार्यालयले जनाएको छ।

पछिल्लो केही दिनयता साउदी अरबमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले संक्रमण कम गर्न स्वास्थ्य सम्बन्धि नयाँ व्यवस्था जारी गरेको छ। सरकारले जारी गरेका स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्न वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ।

नयाँ मापदण्ड अनुसार व्यापारिक मलहरुमा जाने सबैले मलमा प्रवेश गर्नुपूर्व साउदी सरकारले उपलब्ध गराएको टवाक्काल्ना एप आफ्नो मोबाइलमा अनिवार्य डाउनलोड गरेको हुनुपर्ने छ। यसबाट कोरोना संक्रमण भएका व्यक्तिको आवागमनको समेत ट्रयाकिङ्ग हुने भएको छ।
यस्तै साउदी सरकारले हवाई, स्थल तथा जलमार्गबाट हुने सम्पूर्ण आवागमन माथिको प्रतिबन्ध मे १७, २०२१ सम्मका लागि लम्ब्याउने निर्णय गरेको छ।

विभागद्वारा जारी सूचनाका अनुसार भारत, पाकिस्तान, अर्जेण्टिना, ब्राजिल, इजिप्ट, फ्रान्स, जर्मनी, ईण्डोनेशिया, आयरल्याण्ड, ईटली, जापान, सेबनान, पोर्चुगल, दक्षिण अफ्रिका, स्वीडेन, स्वीट्जरल्याण्ड टर्की, युएई, बेलायत र अमेरिका गरी २० देशबाट आप्रवासीहरु, कूटनितिज्ञ, स्वास्थ्यकर्मी र उनीहरुका परिवारहरुलाई अर्को व्यवस्था नभएम्मको लागि साउदी अरब प्रवेश गर्न अस्थायी रुपमा स्थगित गरिएको छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *