देश विदेश

चितुवाको छाला सहित बुङ्गलबाट एक जना पक्राउ

शेयर गर्नुहोस्

फागुन ९, बझाङ । बझाङमा चितुवाको १ थान छाला सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुङ्गल नगरपालिका-८ मसानिसेराबाट सोही नगरपालिका दासपाला बस्ने ४० वर्षीय रधुबीर बोहरालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

चितुवाको छाला बोकी हिँडिरहेको भन्ने जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बझाङ र ईलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको प्रहरीले उनलाई उक्त छाला सहित फेला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *