देश विदेश

‘कौन बनेका करोडपति’ को चिठ्ठाको लोभमा यसरी ठगिइन् नर्स

शेयर गर्नुहोस्

काठमाडाैं। राजधानीको एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई ह्वाट्सएपबाट ‘कौन बनेका करोडपति’ अफरअन्तर्गत झन्डै आधा करोड चिट्ठा परेको सूचना आउँछ । ती नर्स खुसीको ‘खबर’ भन्दै चिट्ठा परेको सूचना पाउँदा आमासँगै खुसी हुँदै फुरुङ्ग बन्छिन् । खुसीको खबर बुबासम्म पनि पुग्छ । नर्सका बुबा पनि आश्चार्य मान्दै भन्छन्, कसरी यस्तो अवसर मिल्यो ?

अब चिट्ठाबापतको करोड रकम छोरीकै खातामा ल्याउन परिवार नै लागि पर्छ । ह्वाट्सएपबाट सम्पर्कमा आएको अज्ञात व्यक्ति चिट्ठाबापतको रकम खातामा पठाउन केही शुल्क (कर) तिर्नुपर्ने भएकाले तत्काल आईएमईबाट एक लाख पठाउन भन्छ र रकम पठाइन्छ । छ घण्टामा उनीहरूले सात लाख रुपियाँ पठाए ।

“एक लाख कर तिर्दा करोड आउने प्रलोभनमा’ उनीहरूले बिहीबार सुवास रुम्बा, अमितकुमार, प्रिती तुम्बापो, भोला महतो र प्रदीपकुमारसहित पाँच जनाको नाममा बिहान ११ देखि ४ बजेसम्मको अवधिमा साढे सात लाख रकम आईएमई–पेबाट पठाए ।

यति पठाउँदा पनि ह्वाट्सएपमा प्रताप केबीसी नामको आईडी भएको अज्ञात व्यक्ति पुनः रकम माग गर्न छोड्दैन । खातामा पठाइदिन्छु भनेको चिट्ठा रकम नआएपछि मात्र आफूहरू अनलाइन ठगीमा परेको बल्ल नर्सलाई थाहा हुन्छ ।

अनलाइन ठगीसम्बन्धी उजुरी बोकेर महानगरीय प्रहरी अपराध महाशाखामा पुग्नुभएकी ती नर्स आफूजस्तै दर्जनौँ ठगिएको देख्दा अत्यास लागेको बताउँछन् । यस्तै प्रकृतिको अनलाइन ठगीबाट पीडित अर्की महिलाले पनि पाँच लाख गुमाएको दुःखेसो गरे ।

सुन्धारामा रेडिमेट पसल सञ्चालन गर्दै आएकी ती महिलाले पनि अनलाइन चिट्ठाको लोभमा एकै दिन पाँच लाख गुमाएको पीडा सुनाए। अनलाइन ठगीका कारण २५ हजारभन्दा माथि १० लाखसम्म गुमाएको उजुरी बोकेर महाशाखा पुग्ने पीडितको लर्को नै लाग्ने गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखा साइबर पिलरका प्रहरी निरीक्षक राजेश महर्जन अनलाइन ठगी नेपालीका लागि ‘लोभले लाभ, लाभले विलाप भनेजस्तै’ भएको बताउँछन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/229119/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *