देश विदेश

आईपीओ भर्नेको संख्या बढेपछि सेयर पाइपलाईनमा १२ कम्पनी

शेयर गर्नुहोस्

काठमाडौं । धितोपत्र बोर्डमा प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति माग गर्दै १ दर्जन कम्पनीले आवदेन दिएका छन्। आवेदन दिएका एक दर्जन कम्पनीलाई बोर्डले विभिन्न चरणमा अधययन गरिरहेको छ।

लगानीकर्ताले दोस्रो बजार भन्दा कम जोखिम हुने भएकाले आईपीओमा लगानी गर्छन। हाल नेपालमा आईपीओ खुल्ने वित्तिकै माग भन्दा अत्याधिक बढी आवेदन पर्ने गरेका छन्। आईपीओमा खरिद गरेको सेयर कित्ता दोस्रो बजारमा गएपछि बढ्दै जान्छ।

यसबीच यो वर्ष ११ वटा कम्पनीको आईपीओ निष्कासन भइसकेको छ भने १२ वटा कम्पनीहरु सेयर पाइपलाईनमा रहेका छन।

बोर्डमा आवेदन दिएका माध्ये ३ वटा कम्नीलाई बोर्डले प्रारम्भिक समिक्षामा राखेको छ। अरु ३ वटा कम्पनीलाई समीक्षा गरेर टिप्पणी पठाइसकेको छ भने ६ वटा कम्पनी समीक्षा अवधिमै रहेका छन्। आजको राजधानी दैनिकमा खबर छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *