देश विदेश

हरिसिद्धिलाई फुटसल उपाधि

शेयर गर्नुहोस्

काठमाडौं । हरिसिद्धि फुटसलले विपिन शर्मा स्मृति खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलमा भएको प्रतियोगिताको फाइनलमा हरिसिद्धिले इभ भिजलाई ४–० गोलले पराजित गर्यो । टोलीका लागि सन्दिप कार्कीले २ तथा रन्जित गुरुङ र प्रवेश जोशीले १–१ गोल गरे । उपाधिसंगै हरिसिद्धिले ७५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार हात पार्यो भने इभ भिजले ३५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो ।

साहस स्पोर्ट्सद्वारा आयोजित प्रतियोगितामा हरिसिद्धिका सन्दिप कार्की उत्कृष्ट खेलाडी घोषित भए । हरिसिद्धिका धीरज तामाङ उत्कृष्ट गोलरक्षक चुनिए । उत्कृष्टद्वयले जनही २ हजार ५ सय नगद पुरस्कार हात पारे । नेपाल आयल निगम अनुशासित टिम ठहरियो । विजेतालाई नेपाल ओलिम्पक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोल, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजक, स्वयम्भू क्लबका अध्यक्ष श्याम लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ३२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता स्वयम्भू क्लबका पूर्व फुटबल खेलाडी विपिन शर्माको परिवारका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले गरिएको हो । प्रतियोगिता संयोजक महेश मल्ल ठकुरी र सह–संयोजक सन्तोष न्यौपानेले स्व. शर्माकी आमालाई एक लाख नगद सहयोग स्वरुप प्रदान गरे ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/229189/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *