देश विदेश

प्रचण्ड-माधव समूहले तोक्यो जिल्ला अध्यक्ष र सचिव,कुन जिल्लामा को ? (नामावली सहित )

शेयर गर्नुहोस्

फागुन १०, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समूहले ६८ जिल्लामा अध्यक्ष र सचिवको पद टुंगो लगाएको छ । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन परेपछि राजनीतिक रुपले नेकपा दुई भागमा विभाजित छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह एकातिर छन् भने,ओली अर्को समूहतिर छन् । सोहि अनुसार प्रचण्ड-नेपाल समूहले सोमबार जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ । ९ जिल्लामा भने अध्यक्ष र सचिवको जिम्मेवारी टुंगो लगाउन बाँकी छ ।

गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार रिक्त पदमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार दिएअनुसार जिम्मेवारी दिइएको उक्त समूहले जनाएको छ । यसअघि प्रचण्ड-नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेका थिए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *