देश विदेश

पर्यटन व्यवसायीको सरकारसँग १० बुँदे माग

शेयर गर्नुहोस्

काठमाडौं। पर्यटन व्यवसायीले कोरोनाभाइरससम्बन्धी प्रतिबन्धका कारण पर्यटन व्यवसाय संकटमा परेको भन्दै व्यवसायलाई पुनर्जीवन दिन सरकारसमक्ष १० बुँदे माग राखेका छन् । पर्यटनसँग सम्बन्धित सबै छाता संघ–संस्थाहरुले सोमबार नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी आफ्ना मागहरु सार्वजनिक गरेका हुन् ।

पछिल्लो समय पर्यटन व्यवसाय मारमा परेको बेला सरकारले प्रतिबन्ध लगाएर आफुहरुलाई थप मारमा पारेको भन्दै ट्रकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले अब पनि सरकारले आफुहरुको कुरा नसुनेमा आन्दोलनमा उत्रिने चेतावनी दिए । उनले भने ‘सुरक्षा प्रोटोकल अपनाइ हामी सेवा दिन तयार छौं ।’ आफूहरुको मागको सुनुवाइ नभएको उनले आरोप लगाए ।

पर्यटन व्यवसायीले जारी गरेको वक्तव्यमा कोरोना भाइरस संक्रमणका कारण नेपालको पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशायी भएको उल्लेख छ । महामारीका कारण पर्यटन व्यवसायीहरुलाई परेको मर्काहरु बारम्बार नेपाल सरकार र सरकारका विभिन्न नियकाहरुसँग लिखित र मौखिक रुपमा राखी सम्बोधनका लागि अनुरोध गर्दा पनि सरकारले बेवास्ता गरेको उनीहरुले आरोप लगाएका छन् ।

व्यवसायीहरुले ७२ घण्टाको पीसीआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकहरुका हकमा ५ दिनसम्म अनिवार्य क्वारेण्टाइनमा बस्नुपर्ने प्रावधान हटाउनु पर्ने, अनलाइन र अनअराइभल भिसा तथा विदेशस्थित नेपाली दुतावास वा नियोगहरुबाट भिसाको व्यवस्था पूर्ववत् रुपले गराउनु पर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेशिन राख्ने अथवा तोकिएको स्वास्थ निकायबाट नमुना संकलन गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

यस्तै हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडानहरु यथाशिघ्र खोल्न पहल गर्नुपर्ने, कोरोना विरुद्धको भ्याक्सिन अग्रपंक्तिमा रहेर काम गर्ने पर्यटन व्यवसायी र पर्यटन श्रमिकहरुलाई उपलब्ध गराउनु पर्ने, नेपाल र चीनबीचको सीमा नाकाहरु यथाशिघ्र खोल्नु पर्ने, नेपाल घुम्न आउने पर्यटकहरुले कम्पनीबाट अनिवार्य गाइड तथा पदयात्रा सहयोगी लिएर मात्र नेपाल भ्रमण गर्न–गराउन पाउनु पर्ने व्यवस्था गर्नु पर्ने माग राखेका छन् ।

व्यवसायीहरुले नेपाल–भारत र नेपाल–चीन सीमानाहरुबाट भित्रिने पर्यटकहरुलाई सवारीसाधन सहित तिर्वाध रुपमा आउन पाउने व्यवस्था गरी सरकार तथा सम्बन्धित निकायबाट अनुगमन गर्नु पर्ने, कम्तिमा ५ हजार अमेरिकन डलर बराबरको कोरोना बिमा हटाउनु पर्ने, कोरोना विरुद्धको भ्याक्सिन पूरा मात्रा लगाइ आएका पर्यटकलाई सहज निर्वाध रुपमा घुम्न दिनु पर्ने मागसमेत राखेका छन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *