देश विदेश

इजीलिंक रेमिट्यान्स र लुम्बिनी विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

शेयर गर्नुहोस्

काठमाडौं । इजीलिंक रेमिट्यान्स प्रा.लि. र लुम्बिनी विकास बैंकबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौंता भएको छ । उक्त सम्झौतामा इजीलिंक रेमिट्यान्स प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपि अर्याल, अपरेशन म्यानेजर सालिकराम दाहाल, सहायक लेखा प्रमुख निराजन अधिकारी र लुम्बिनी विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य प्रबन्धक दिपक खनाल, रेमिट्यान्स प्रमुख सकुन्तला लामाले संयुक्त रुपमा हस्ताक्षर गरे ।

उक्त सम्झौतापछि अब इजीलिंक रेमिट्यान्सको कोरियाबाट हानपास रेमिट्यान्स, जापानबाट ट्रान्सरेमिट्यान्स, साइप्रसबाट मसारी पेमेन्ट सर्भिसेज र अष्ट्रेलियाबाट इजीलिंक ट्रान्सफर मार्फत आएको रकम लुम्बिनी विकास बैंकका नेपालभरि छरिएर रहेका ६९ शाखाहरु मार्फत सहजै भुक्तानी लिन सकिने भएको छ । साथै लुम्बिनी रेमिटबाट पठाएको रकम पनि इजीलिंक रेमिट्यान्सको नेपालभरि रहेका ६ हजार भन्दा धेरै सहायक प्रतिनिधिहरु मार्फत सहजै भुक्तानी लिन सकिने भएको छ । छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाइ सेवाग्राहिसम्म पुर्याउन यो सम्झौंताले थप सहज हुने प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए।

हाल इजीलिंक रेमिट्यान्स प्रा.लि. ले ग्राहकको चाहनालाई मध्यनजर गर्दै कोरिया, जापान, साइप्रस, अष्ट्रेलिया लगायत विश्वका बिभिन्न मुलुकबाट पठाएको रकम बैंक खातामा ५ मिनेटमै जम्मा हुने ब्यवस्था मिलाएको छ भने सहायक प्रतिनिधि मार्फत रकम भुक्तानी लिनको लागि एस.वि.एल. रेमिट (सिद्धार्थ बैंक), रेमिट टू नेपाल, कामना सेवा रेमिटका सहायक प्रतिनिधिहरु मार्फत ५ मिनेटमै भुक्तानी लिन सकिने समेत ब्यवस्था मिलाएको छ । ग्राहकहरुलाइ भुक्तानीमा समस्या परेमा सिधै कम्पनीको फोन नम्बर—०१४३८८३७५ मा तुरुन्त सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ साथै लुम्बिनी रेमिट बाट आएको रकम भुक्तानी लिन नेपाल भरि रहेका इजीलिंक रेमिट्यान्सका सहायक प्रतिनिधिहरु मार्फत सहजै भुक्तानी लिन सकिने व्यवस्था रहेको कम्पनीका अपरेसन म्यानेजर सालिक राम दाहालले जानकारी गराए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/229352/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *