देश विदेश

मोटरसाईकलको ठक्करबाट युवतीको मृत्यु

शेयर गर्नुहोस्

आज विहान मोटरसाईकलको ठक्करले एक युवतीको निधन भएको छ। विहान ८ बजे जिल्लाको उदयपुरगढी गाउँपालिका ७ नेपाटलटारमा स ९ प ४७२ नं. को मोटरसाईलको ठक्करले गम्भीर घाइते सोही ठाउँकी १८ वर्षीया निर्मला विकको उपचारको क्रममा निधन भएको हो।

प्रहरीका अनुसार गाईघाटदेखि नेपाटलटारतर्फ जाँदै गरेको मोटरसाईकलले पैदल यात्री निर्मलालाई ठक्कर दिएको थियो। ठक्करले गम्भीर घाइते भएकी उनलाई जिल्ला अस्पताल उदयपुरमा ल्याएरु उपचार गराइदै गर्दा ९ बजेको समयमा निधन भएको मृतकका बाबु सोमबहादुर बिकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

मोटरसाईकल र चालक उदयपुरगढी ८ का २९ वर्षीय मेसक राईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ। मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/social-affairs/382621-1605434265.html

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *