देश विदेश

डलरसहित बेलायती पक्राउ

शेयर गर्नुहोस्

काठमाडौं । लुकाइछिपाइ अवैधरुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २६ हजार ३१० अमेरिकी डलरसहित एक जना बेलायती नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

कतार एअरवेजको उडानद्वारा काठमाडौँबाट दोहा हुँदै लण्डन जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१ वर्षीय नेल वीलिम ग्रिनउडलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान कक्षमा झोला जाँच गर्दा लुकाइ राखेको अवस्थामा अमेरिकी डलर फेला परेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *