देश विदेश

ब्राजिलमा फाइजरको खोप सर्वसाधारणका लागि खुला

शेयर गर्नुहोस्

ब्रासिलिया । ब्राजिलको स्वास्थ्य नियमनकारी निकायले मङ्गलबार फाइजर–बायोएनटेकद्वारा विकसित तथा उत्पादित कोभिड–१९ विरूद्धको खोप सर्वसाधारणका लागि राष्ट्रव्यापीरूपमा प्रयोग गर्न अनुमति प्रदान गरेको छ ।

कोभिड–१९ को महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावितमध्ये एक दक्षिण अमेरिकी यस मुलुकमा खोपका माध्यमबाट महामारी नियन्त्रणको अभियानलाई सशक्त पार्ने योजनासहित खोपको देशव्यापी प्रयोगका लागि अनुमति प्रदान गरिएको हो ।

एनभिसा नामक स्वास्थ्य निकायका निर्देशकले भने, “खोपको अनुगमनकारी संस्थाहरूको १७ दिन लामो समीक्षापछि एनफाइजरद्वारा विकसित कोभिड–१९ विरूद्धको खोप सर्वसाधारणका लागि खुला गरिएको छ । अब यो पक्के पनि आपतकालीन प्रयोगका लागि मात्र हुने छैन ।”

खोप प्रयोग गर्न अनुमति दिइएपनि उक्त खोप अहिले ब्राजिलमा उपलब्ध भने छैन । ब्राजिलले अहिलेसम्म चीनमा विकास भएका कोरोना भ्याक र बेलायती अस्ट्राजेनेकालाई भने व्यापक प्रयोगमा ल्याइसकेको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *