देश विदेश

जनता र संविधानको जित : सभामुख

शेयर गर्नुहोस्

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी आज गरेको फैसलालाई जनता र संविधानको जितका रुपमा टिप्पणी गरेका छन् ।

आजको फैसलाले जनतामा रहेको अदालतप्रतिको विश्वासले अर्को गुणात्मक जित हासिल गरेको उहाँको भनाइ छ । उनले जनताको भावनालाई अदालतले सम्मान गरेको भन्दै आजको निर्णयपछि नेपालको न्यायालयप्रतिको विश्वास झनै बढेर गएको बताए । उनले भने, “नेपालको न्यायालयप्रतिको सम्मान झनै बढेर गएको र त्यसले गुणात्मक फड्को मारेको छ ।”

उनले प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा लागेका राजनीतिक दल, नागरिक समाज, पत्रकार, कानून व्यवसायी सबैलाई धन्यवाद दिँदै उनिहरुले खेलेको भूमिकाप्रति आभार व्यक्त गरे । सभामुख सापकोटाले संविधान अनुसार राज्यका तीनवटै अङ्गबीचको शक्ति पृथकीकरण र सन्तुलन कायम गर्न फैसलाले मार्गप्रशस्त गरेकोसमेत बताए । सभामुख सापकोटाले फैसलालाई जनताको पक्षमा भएको महत्वपूर्ण निर्णय भन्दै अब सरोकार भएका सबै पक्षसँग छलफल गरेरर सहमतिका आधारमा संघीय संसद् अगाडि बढ्ने जानकारी दिए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/229677/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *