देश विदेश

आज फागुन १२ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

शेयर गर्नुहोस्

आज वि.सं.२०७७ साल फागुन १२ गते, बुधबार । सन् २०२१ फेब्रुवरी २४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । द्वादशी तिथि । चन्द्रमा कर्कट राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः३५ र सूर्यास्त बेलुकी ६ बजे

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ चिन्ता थपिनेछ । परिवारमा कलह हुनेछ । विसन्चोले सताउनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भेटघाटमा दिन बित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नयाँ काम आईपर्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कृषिमा नाफा मिल्नेछ । व्यापारमा फाईदा हुनेछ । महिलामित्रको साथ पाईनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सरकारी काममा प्रगति हुनेछ । सृजनात्मक काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) धार्मिक कार्यमा समय जानेछ । पारिवारिक भेटघाट हुनेछ । ठूलाबडाको साथ मिल्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  काममा आलोचना हुनेछ । अचानक यात्रा हुनेछ । शरीरमा विसञ्चो देखिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साझेदारी काममा प्रगति हुनेछ । यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रतिष्पर्धामा जीत हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला मा जीत हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धन सम्पत्तिको कारोवार बढ्नेछ । अध्ययनमा रुचि हुनेछ । सन्ततिले सहयोग गर्नेछन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *