देश विदेश

प्रचण्ड– नेपाल समूहको खुशीयाली सभा : अब मुलुक संविधानबाट चल्छ

शेयर गर्नुहोस्

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कमद असंवैधानिक भएको भन्दै संसद् पुनःस्थापना गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज राजधानीमा खुशीयाली जुलुस निकालेको छ।  

काठमाडौंको शान्तिवाटिकामा भेला भएका जनसमुदायले संसद् विघटन गर्ने सरकारको असंवैधानिक कदम न्यायालयले सच्याएको भन्दै खुशीयाली साटासाट गरेका थिए ।मङ्गलबार साँझ प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन सर्वोच्च अदालतले आदेश दिएको थियो।  

शान्तिवाटीकामा भेला भएका प्रचण्ड–नेपाल समूहका नेता  तथा कार्यकर्ताले जुलुससहित नगर परिक्रममा गरेका थिए। जुलुसमा नेकपाका स्थायी कमिटी सदस्य पम्फा भुसाल, जनार्दन शर्मा, केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, हिमाल शर्मालगायतको सहभागिता थियो। जुलुसपछि भृकुटीमण्डपमा सभा आयोजना गरिएको थियो।  

सभालाई सम्बोधन गर्दै नेकपा नेत्री पम्फा भुसालले संविधान कुल्चेर प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई न्यायालयले सच्याएको बताइन्। ‘अब मुलुक संविधान र संविधानबाट चल्छ, सर्वोच्चबाट संघीयता लोकतान्त्रिक गणतन्त्रमाथि कसैले पनि खेलाची गर्न सक्दैन भन्ने ऐतिहासिक फैसला भएको छ’, उनले भनिन्।  विश्वकै उत्कृष्ठ समाजवादी मोडल स्थापना गर्न अब आफूहरूको ध्यान केन्द्रित हुने उल्लेख गर्दै उनले  जनताको न्याय, समानता र मुक्तिको अभियानलाई पूरा गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरिन्। 

 

प्रकाशित: १२ फाल्गुन २०७७ १६:०० बुधबार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/politics/465181-1614161728.html

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *