देश विदेश

भारत प्रवेशमा पिसिआर रिपोर्ट नेगेटिभ अनिवार्य,अनलाइन फारम नभरे प्रवेशमा रोक

शेयर गर्नुहोस्

फागुन १२, काठमाडौँ । भारत सरकारले विदेशी यात्रुहरुका लागि भ्रमणमा जाँदा पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ । पिसिआर परिक्षण विना विदेशीहरुलाई प्रवेश दिंदा कोरोनाको संक्रमण बढेको भन्दै नेगेटिभ रिपोर्ट विना विदेशी नागरिकहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको हो ।

भारत सरकारको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले भ्रमणमा जाने यात्रुहरुका लागि यात्रा पूर्व नै अनलाइनमा पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने व्यवस्था गरेको छ । मन्त्रालयका अनुसार यात्रुहरुले यात्रा पूर्वनै अनलाइनमा आफ्नो स्वास्थ्य परिक्षण पीसीआर नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने छ ।

तर उक्त व्यवस्था हवाई मार्ग भएर जाने यात्रुहरूका लागि मात्र लागु हुनेछ । यसअघि भारत भ्रमणमा जाने यात्रुले पीसीआर रिपोर्ट र सेल्फ डिक्लिरेन्स फारम साथमा लगेर गए मात्र हुनेमा अहिले यी दुबै रिपोर्ट अनिवार्य अनलाइनमा अपलोड गर्नुपर्ने व्यवस्था गरेको छ ।

पीसीआर रिपोर्ट र सेल्फ डिक्लिेरेशन फारम नयाँ दिल्लीस्थित विमानस्थलको वेभसाइटमा https://www.newdelhiairport.in/airsuvidha/apho-registration उपलब्ध रहेको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *