देश विदेश

सरकारले सच्यायाे कोरोनाबाट मृत्यु हुनेको संख्या

शेयर गर्नुहोस्

काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एकैदिन ६ सय १९ जनाले थप भएको छ। विगत केही दिनदेखि कोरोना महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुकोे तथ्यांक अद्यावधिक नगर्दा बुधबार एकैदिन सरकारले कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याएको छ ।

कोरोना महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको भएको मन्त्रालयले जनाएको छ ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ । यद्यपी, बुधबार भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । बुधबार नेपालमा ३ हजार ६९२ पीसीआर परीक्षण गर्दा थप ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५५५ रहेको छ । पछिल्लो २४ घण्टामा ७१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार १३९ पुगेको छ ।

यस्तै, हालसम्म ६३ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ५० हजार २२५ जनाको पीसीआर परीक्षण गरिएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/229856/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *