देश विदेश

सर्वोच्चको फैसला कार्यान्वयन गर्ने नेकपा ओली समूहको निर्णय

शेयर गर्नुहोस्

फागुन १२, काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)केपी शर्मा ओली समूहको स्थायी कमिटिको बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटि बैठकले उक्त निर्णय गरेको सो समूहका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

मंगलबार सर्वोच्च अदालतले सरकारको संसद विघटन बदर गरेर १३ दिन भित्र संसद अधिवेशन बोलाउँन आदेश दिएको थियो । बैठकमा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट भएको फैसला त्यसको कार्यान्वयन र समग्र प्रभावको बारेमा रहेर छलफल गरिएको उनले बताए ।

उनले सर्वोच्चको फैसलालाई कार्यान्वयन गर्ने बताउंदै अदालतका फैसलाहरु सधै अनपेक्षित र गरिएका फैसलाहरुले सधैं बान्छनीय परिणाम नै दिन्छन् भन्ने नभएको बताए ।

‘संवैधानिक इजलासबाट भएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय गरेका छौ, स्वभाविक रुपले सबैले गर्नुपर्ने नै हुन्छ,उनले भने, ‘फैसलाहरु सधैभरी अपेक्षि त् हुन्छन भने नै होइन र गरिएका फैसलाहरुले सधैंभरी बांच्चित परिणाम नै दिन्छन् ।’

प्रवक्ता ज्ञवालीले आफ्नोचिन्ता नेपाली चाहना स्थिर सरकार स्थायी नीति र मुलुकमा बलियो राजनीतिक स्थायित्व भएको बताए । यस्तै बैठकले पार्टीको पार्टी केन्द्रिय कमिटिको बैठक र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ । ‘समग्र परिस्थितिको बैठमा छलफल गर्न पार्टीको पार्टी केन्द्रिय कमिटिको बैठक र संसदीय दलको बैठक बोलाउने छौ’ उनले भने ।

जनताको बिचमा उदेश्यका साथ् कार्यक्रम लैजाने निर्णय गरेको छ । संसदको अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय गरेको बताउंदै उनले भने,’संसदको अधिवेशन निर्धारित समयमै आह्वान हुन्छ, सर्वोच्च अदालतले दिएको समय सीमाभित्रै ।’

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *