देश विदेश

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले के निर्णय गर्यो ?

शेयर गर्नुहोस्

फागुन १२, काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहको स्थायि कमिटि बैठकले सर्वोच्च अदालतको संसद पुनर्स्थापना गर्ने फैसलाको स्वागत गरेको छ । प्रतिनिधि सभालाई पुनर्स्थापित गर्ने सर्वोच्चको ऐतिहासिक फैसला भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘ सर्वोच्च अदालतको प्रतिनिधि सभालाई पुनर्स्थापित गर्ने निर्णयलाई ऐतिहासिक फैसला भनेको छ र यसले प्रतिनिधिसभा पुनर्स्थापना मात्रै नभएर संविधान र लोकतन्त्रको रक्षा पनि गरेको छ । देशलाई प्रतिगामी षड्यन्त्रको ठुलो चक्रब्युह र राजनीतिक संकटको अध्यारो सुरुङतिर लैजाने खतराबाट देशलाई बचाउन योगदान पुर्याएको छ । त्यसैले सर्वोच्चको यो निर्णयलाई स्थायी कमिटिको बैठकले उच्च मूल्यांकन गरेको छ ‘ श्रेष्ठले भने ।

बैठकले सामाजिक सुशासनलाई केन्द्रमा राखेर आत्ममूल्यांकन गरेर सबै लोकतान्त्रिक शक्तिसंग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको उनले सुनाए । साथै यस्ता कदम बिरुद्ध सचेत हुन् पनि आवश्यक रहेको उनले बताए ।

गत ५ पुसमा प्रधानमन्त्री केपि शर्मा ओलीको संसद विघटन गरेका थिए । ओलीको उक्त निर्णय असंवैधानिक भएको भन्दै मंगलबार सर्वोच्च अदालतले बदर गरेर १३ दिन भित्र संसद अधिवेशन आह्वान गर्न निर्देशन दिएको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *