देश विदेश

सर्वोच्चको फैसलाले संवैधानिक समस्यालाई निकास दिएको छः सर्वोच्च बार

शेयर गर्नुहोस्

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी भएको फैसलाले मुलुकको संवैधानिक समस्यालाई समयमै निकास दिएको जनाएको छ ।

सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले आज विज्ञप्तिमार्फत सर्वोच्चको आदेशले विधिको शासन, संविधानवाद, संवैधानिक सर्वोच्चता कायम गर्दै न्यायालय सक्षम, स्वतन्त्र, निर्भिक र निष्पक्ष रहेको तथ्य स्थापित भएको उल्लेख गरेका छन् ।

उक्त आदेशले विधिको शासन र संवैधानिक सर्वोच्चतालाई स्थापित गरेको सर्वोच्च बारको निष्कर्ष छ । सर्वोच्चबाट भविष्यमा पनि संवैधानिक सर्वोच्चता, विधिको शासन र मौलिक हक सम्बन्धमा सार्वभौम जनताले संविधानमार्फत स्थापित गरेको मूल्यमान्यतालाई अझ बढी संरक्षण र स्थापित हुनेछ भन्ने सर्वोच्च बारको विश्वास छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *