देश विदेश

बुधबार मात्रै कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय १९ थपिए

शेयर गर्नुहोस्

फागुन १२, काठमाडौँ । नेपालमा बुधबार मात्रै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ सय १९ थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ सय १९ थपेर तथ्यांक सच्च्याएको हो ।

यसअघि नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २०६६ रहेको मन्त्रालयको तथ्यांक थियो । कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकका आधारमा स्वास्थ्य मन्त्रालयको भन्दा ६१९ थप जनाको कोरोनाका कारण मृत्यु हुनेको संख्या पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधबार उक्त तथ्यांक सच्च्याएसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ६ सय ८४ पुगेको हो । आज नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ रहेको छ भने ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक र कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाको तथ्यांकमा मृतकको संख्या फरक परेपछि मन्त्रालयले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या लुकाएको आरोप लागेको थियो ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *