देश विदेश

राजनीतिको केन्द्रमा कांग्रेस : जसलाई समर्थन, उसैको सरकार

शेयर गर्नुहोस्

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि नयाँ सरकार गठन गर्ने विषयमा नेपाली कांग्रेसको भूमिका निर्णायक देखिएको छ। कांग्रेसले जसलाई समर्थन गर्यो उसकै नेतृत्वमा सरकार गठन हुने अवस्था आएपछि नेकपाका दुवै समूह कांग्रेसलाई फकाउन थालेका छन्।

बुधबार बसेको नेकपा ओली समूहको स्थायी कमिटीको बैठकले सर्वोच्चको आदेशलाई कार्यान्वयन गर्दै चाँडै संसद अधिवेशन बोलाउने निर्णय गरेको छ। सर्वोच्च अदालतले १३ दिनभित्र संसद अधिवेशन बोलाउन मंगलबार आदेश दिएको थियो।

ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसल स्वीकार गर्दै अदालतले तोकेको समयसीमा भित्रै संसद अधिवेशन बोलाउने निर्णय गरेको हो। अब फागुन २४ भित्र संसद बैठक बोलाइसक्नुपर्ने हुन्छ।

संसद बैठक सुरु हुने वित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रक्रिया अघि बढ्दा कांग्रेसले अविश्वासको प्रस्तावका पक्ष वा विपक्षमा मतदान गर्छ भन्ने विषयमा चासो बढेको छ।

अहिले कांग्रेस सकारका सहभागी हुने बेला होइन, कांग्रेसले अब आफ्नो सम्पूर्ण ध्यान महाधिवेशनमा केन्द्रित गर्नुपर्छ, सर्वोच्चको फैसलाले संविधान सही ट्रयाकमा आएको छ। कांग्रेसले सहयोग नगरी सरकार बन्दैन भने बाहिरै बसेर सहयोग गर्न सक्छ। तर अब सरकारमा जाने भन्ने विषय पार्टीको प्राथमिकतामा पर्नु हुँदैन।

प्रधानमन्त्री ओली तत्काल राजीनामा नदिने बरु संसद बैठकको सामना गर्ने सोचमा छन्। बुधबार बसेको स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने बरु संसद बैठकको सामना गर्ने बताएकोस्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।

त्यसका लागि सबै राजनीतिक दलसँग सम्वाद गर्ने निर्णय गरिएको नेता सुवास नेम्वाङले जानकारी दिए। ‘अहिले नै राजीनामा दिने भन्ने भएन, प्रधानमन्त्रीले संसदको सामना गर्नुहुन्छ,’ नेम्वाङले डिसी नेपालसँग भने, ‘त्यसका लागि सबै राजनीतिक दलसँग संवाद र छलफल गर्ने कुरा भएको छ।’

नेकपा ओली समूहको पहिलो रोजाइमा नेपाली कांग्रेस परेको छ। कांग्रेसले अविश्वासको प्रस्तावको विपक्षमा मतदान गरे सरकार जोखिने सो समूहको विश्लेषण छ।

त्यसो त नेकपाकै प्रचण्ड–माधव नेपाल समूह पनि नेपाली कांग्रेसलाई विश्वासमा लिने रणनीतिमा छ। बुधबार प्रचण्ड र माधव नेपाल देउवा निवासमा पुगेर सहयोग गर्न आग्रह गरेका थिए। प्रचण्ड र नेपालल देउवासँग सत्ता सहकार्यको प्रस्ताव राखेका छन्।

स्रोतका अनुसार प्रचण्ड र नेपालले देउवासँग आफूहरुले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाउन र प्रस्तावका पक्षमा मतदान गर्न आग्रह गरेका थिए।

अवसर आएको खण्डमा देउवा आफैं सरकारको नेतृत्व गर्ने दाउमा छन्। तर पार्टीभित्र सरकारमा सहभागी नहुन देउवामाथि चर्को दबाव छ। ‘अहिले कांग्रेस सकारका सहभागी हुने बेला होइन, कांग्रेसले अब आफ्नो सम्पूर्ण ध्यान महाधिवेशनमा केन्द्रित गर्नुपर्छ,’ कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले डिसी नेपालसँग भने, ‘सर्वोच्चको फैसलाले संविधान सही ट्रयाकमा आएको छ। कांग्रेसले सहयोग नगरी सरकार बन्दैन भने बाहिरै बसेर सहयोग गर्न सक्छ। तर अब सरकारमा जाने भन्ने विषय पार्टीको प्राथमिकतामा पर्नु हुँदैन।’

सरकारमा सहभागी भयो भने महाधिवेशनको एजेण्डा ओझेलमा पर्ने महामन्त्री कोइरालाको बुझाइ छ। तर काग्रेसको समर्थन विना सरकार नबन्ने अवस्था आए बाहिरै बसेर सहयोग गर्न सकिने उनको भनाइ थियो।

प्रतिनिधिसभातर्फ कुल २ सय ७५ सांसद छन्। जसमा कांग्रेसतर्फ ६३ सांसद छन्। यसैगरी, नेकपाका १ सय ७४ सांसद छन्। त्यसमध्ये एक जनाको निधन भएको छ। यो संख्यामा हाल नेकपाको प्रचण्ड-नेपाल समूहतर्फ ८७ सांसद रहेको दाबी गरिएको छ भने प्रधानमन्त्रीसमेत रहेका ओली समूहतर्फ ८३ जना रहेको भनिएको छ। तर, तीन जना सांसद भने खुलेका छैनन्।

नयाँ सरकार गठनका लागि १ सय ३८ सांसद आवश्यक पर्छ। यो संख्या नेकपाका कुनै एक समूहले कांग्रेसको साथ बिना पु-याउन सम्भव छैन।   नेकपा र कांग्रेसबाहेकको ३८ सिट छ । जसमा जनता समाजवादी पार्टीको ३४, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रका एक–एक गरी चार सांसद छन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/229957/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *