देश विदेश

आमाको तस्वीरका कारण छोराछोरीलाई स्कुलबाट निकालियो

शेयर गर्नुहोस्

काठमाडौं। एक ओन्लीफ्यान मोडलका तस्वीरहरु अनलाइनमा भाइरल भएपछि उनका छोराछोरीलाई स्कुलबाट निकालिएको छ । ४४ वर्षकी टिफनी पोइन्डेक्सटरलाई आफ्ना छोराछोरीका लागि अर्को स्कुल खोज्न भनिएको छ र उनलाई समुदायका अन्य महिलाहरुले दुर्व्यवहार समेत गरेका छन् । ३ सन्तानकी आमा टिफनीले गत हप्ता आफ्नो ओन्लीफ्यास कामबारे खुलासा गरेकी थिइन् ।

द सनको रिपोर्टअनुसार आफूहरुलाई आफ्नो छिमेकका अन्य अभिभावकहरुले निशाना बनाएको उनले आरोप लगाइन् । अमेरिकाको नर्थ क्यारोलिनामा बसोबास गर्ने टिफनीले यो साइटमार्फत मासिक १ लाख १० हजार पाउण्ड कमाउँछन्। उनीहरुलाई टिफनीको काम र गत हप्ता उनीहरुले मिडियामा गरेको खुलासा विद्यालयको नियमविपरित भएको बताउँदै ‘दुखद निर्णय’ भए पनि उनीहरुका सन्तान अब स्कुलमा फर्किन नपाउने भनिएको छ ।

टिफनी र क्रिसका अनुसार उनीहरुको समुदायमा महिलाहरुको एउटा समूह नै छ जो कुनै जायज कारणबिना केवल डाहा र जलनका कारण उनीहरुलाई तनाव दिन लागिपरेको छ । सन् २०२० को जुलाईमा टिफनीका केही छिमेकी र स्कुलका केही अभिभावकले उनको ओन्लीफ्यान पेज पत्ता लगाएका थिए। त्यसपछि उनीहरुले उनका केही फोटोहरु स्कुलका प्रिन्सिपललाई इमेल पनि गरेका थिए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *